पछिल्लो समयमा उदाउँदै गरेका कलाकार नाजिर हुसेन एक प्रतिक्षित चलचित्रको लीड रोलका लागि पक्का भएका छन् । निर्माता सुनिलकुमार थापाले बनाउन लागेको चलचित्र ‘ए मेरो हजुर २’मा नाजिरलाई पक्का गरिएको हो ।
चलचित्र ‘जंगे’ हेरेपछि नाजिरको काम मन परेको र फाइनल गरिएको सुनिलले अनलाइनखबरसँग भने । नाजिर पनि यो टिमसँग जोडिन पाउँदा खुशी देखिएका छन् । आफ्नो क्यारेक्टरमा पर्फ]{ट काम गर्न माहिर मानिएका यी कलाकारको अहिले चर्चा चुलिदो छ ।
चलचित्र ‘ए मेरो हजुर’को क्रेजलाई नै छुनु पर्ने भएकाले पनि नायिका झरना थापालाई यसका सिक्वेल चुनौतीपूर्ण बनेको छ ।
साउनको पहिलो साताबाट छायांकनमा जाने भएकाले पनि सुनिल अब एक नायक र नायिकाको खोजीमा छन् । बसन्त सापकोटाले चलचित्रको गीत तयार पारिसकेका छन् । चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फाइनल कुरा भैरहेको छ । साम्राज्ञीले फाइनल जवाफ नदिएपनि काम गर्न सक्ने प्रवल संभावना रहेको वुझिएको छ ।
अर्का, एक लीड नायकको खोजी पनि यसको निर्माणपक्षले गरिरहेको छ । नायिका झरना थापा यो चलचित्रबाट निर्देशक बन्दैछिन् ।
प्रतिक्रिया 4