+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

नश्लवादी चिन्तनले भारत तीन टुक्रा भो, ओलीले नसोचेको हुन्छः उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते १५:१५

Upendra-Yadav

९ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलनबाटै संविधान खारेज गर्ने दाबी गरेका छन् ।

साथै उनले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयनबारे ठोस राजनीतिक निर्णय नगरेसम्म सरकारसँग वार्ता हुन नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा संघीय गठवन्धनका अध्यक्ष समेत रहेका यादवले भने, ‘वार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनुपर्छ ।’

पछिल्लो वार्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नै भंग गरेको आरोप लगाउँदै उनले अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन वार्ता गर्न खोजेको बताए ।

संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुर्नलेखन भएको यादवले स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन पनि पुर्नलेखन नै हो । संविधानमा रहेका विभेदकारी धारा हटाएर अर्कै लेख्ने काम हो ।’

मधेसी मोर्चाका नेता समेत रहेका यादवले सरकार दमन गरेर अघि बढ्न खोजे आन्दोलन अर्कै रुप लिने चेतावनी दिए । उनले भने, ‘नश्लवादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचेको नचिताएको कुरा हुन्छ ।’

यादवले आफूहरुको आन्दोलन राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?