+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सगरमाथामा हराइरहेका आफ्नो नागरिक खोज्न भारतीय टोली आउने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते ११:१८

everest११ जेठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा वेपत्ता भएका दुई भारतीय पर्वतारोहीको खोजीका लागि पश्चिम बंगाल सरकारले टिम पठाउने भएको छ ।

त्रिणमुल कांग्रेसका विधायक एवं खेल, आवास तथा युवा मामिला मन्त्री अनुप विश्वासका अनुसार तीन सदस्यीय टोली नेपाल आउनेछ । टोलीको नेतृत्व युवा मामिला विभागका प्रधान सचिव एसए बाबा रहनेछन् ।

सर्वोच्च शिखर सागरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको थियो । दुई जना अझै सम्पर्कबिहीन छन् । हराइरहेका भारतीय आरोहीहरुको नाम परेश नाथ र गौतम घोस छ । भारतीय टोलीले उनीहरुको खोजीमा सहकार्य गर्ने मन्त्री विश्वासले बताए ।

उनका अनुसार सगरमाथा आरोहणका क्रममा मृत्यु भएका सुवास पलको शव सरकारले नै भारत लैजानेछ र परिवारले आवश्यक सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?