Comments Add Comment

विद्युत प्राधिकरणले किन्यो त्रिशुली-गल्छी आयोजनाको ७५ मेगावाट विजुली

ppa२१ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिसिुली-गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली किन्ने भएको छ । विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

यो आयोजनाको लागत कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाा लाग्ने बताइएको छ । जसमा शेयरधनीहरुको लगानी ४ अर्ब ३२ करोड रुपैयाँ लगानी रहनेछ । आयोजनाका निर्माणका लागी लक्ष्मी बैंकको अगुवाईमा सहवित्तयीकरण मार्फत कर्जा लगानी हुनेछ ।

आयोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्टस, बैंगलोरले गरेको हो ।

यो आयोजनाको निर्माण पश्चात काठमाण्डौ उपत्यकाको लोडसेडिङ हट्ने तथा औद्योगिक विकाश हुने अनुमान गरिएको छ । धादिङ्ग र नुवाकोट जिल्लाभएर बहने यस आयोजनाकाठमाण्डौं बाट जम्मा ५६ किलोमिटर दुरीमा रेहेको छ । निजी क्षेत्रबाट विकास गरिएको यो सबैभन्दा ठूलो आयोजना भएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment