Comments Add Comment

युवतीको जिउभित्र भेटिए ४ वटा मृगौला

मानिसको सरीरभित्र २ वटा मृगौला हुन्छन् । तर चीनकी एक १७ वषर्ीया युवतीको सरीरमा भने ४ वटा मृगौला भेटिएका छन् ।

doctorशाओलिन नामकी ती युवतीलाई पिठ्युँ दुख्ने समस्या बढेपछि अस्पतालमा गई अल्ट्रासाउन्ड गर्दा उनको जिउमा ४ वटा मृगौला भएको पत्ता लागेको हो ।

डाक्टरहरुका अनुसार ४ वटा मृगौला हुने यस्तो अवस्थालाई रेनल डुप्लेक्स मन्सट्रसिटी भनिन्छ । यो निकै दुर्लभ केस हो ।
डाक्टरका अनुसार यस्तो समस्या भएका मानिसहरुको यहीँ समस्याका कारण मृत्यु हुने जोखिम पनि निकै कम अर्थात् १५ हजार जनामा एक मात्र हुन्छ । त्यसैले कतिपय मानिसलाई त आफ्नो ४ वटा मृगौला भएको कुरा जिन्दगीभर पनि थाहा हुँदैन ।

जिउमा चारवटा मृगौला भएपनि आखिर काम गर्ने दुइवटैले हो र बाँकी दुइवटाको काम हुँदैन । अतिरिक्त मृगौलाहरु मुख्य मृगौलासँग जोडिएका हुन्छन् र काम गर्दैनन् । यस्ता अतिरिक्त मृगौलालाई शल्यक्रिया गरी निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न पनि सकिँदैन ।

चिनिया युवती शाओलिनका अतिरिक्त दुइ मृगौला डाक्टरहरुले शल्यक्रिया गरी निकालिदिएका छन् र उनले विस्तारै स्वास्थ्य लाभ गरिरहेको चिनिया सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment