Comments Add Comment

साउदीबाट उद्धार गरिएका रामनिवास भन्छन्- स्वदेश नै राम्रो

Ram-Nibas-Yadab
रामनिवास यादव

२४ जेठ, भैरहवा । साउदी अरेबियाबाट उद्धार गरिएका एक नेपालीले विदेश भन्दा स्वदेश नै राम्रो रहेको बताएका छन् । वैदेशिक रोजगारका लागि साउदी गएका रुपन्देही जिल्ला मानपकडी गाविस पुरैनीका रामनिवास यादव अल्सर रोगबाट साउदीमा थलिएपछि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नवलपरासीको पहलमा स्वदेश फर्किएपछि उनले विदेश भन्दा स्वदेश नै राम्रो रहेको बताए ।

साउदीको अल एमामा नामक कम्पनीमा कार्यरत उनी रोगबाट थलिएका थिए । आफ्नो उद्धार गरिदिनका लागि उनले र उनका परिवारका सदस्यहरुले अनलाइनखबरलाई आग्रह गरेका थिए । अनलाइनखबरले राम निवास अलपत्र परेको र उद्धारको पर्खामा रहेको समाचार प्रकाशित गरेपछि नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले उद्धारको पहल थालेको थियो ।

(यो समाचार पढ्नुस्: साउदीबाट नेपालीको गुहार-बालबच्चाको मुख हेर्नु छ, उद्दार गरिदिनुस्)

‘रोगबाट थालिएर काम गर्न नसकेको अवस्थामा मेरो उद्धार गरिदन समाचार प्रकाशित भएपछि मलाई धेरै सहयोग पुगेको थियो,’ साउदीबाट नेपाल फर्किएका यादवले अनलाइनखबरसँग भने, ‘उद्धार गर्न अनलाइनखबर र सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले गरेको सहयोग मैलै कहिल्यै बिर्सिन सक्दैन ।’

Ranjana-Lamsal
रञ्जना लम्साल

राम निवासको उद्धारमा सफलता हात परेपछि परामर्श केन्द्रका कर्मचारी पनि खुसी छन् । ‘घटनाबारे जानकारी पाएलगत्तै रामनिवासलाई साउदीबाट उद्धार गर्न पहल थालेका थियौं,’ केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले अनलाइनखबरसँग भनिन्, ‘राम निवास अहिले सुरक्षित आफ्नो घरमा छन् । उद्धारकार्य सफल हुँदा हामी निकै खुसी छौं ।’

नेपालबाट विदेशमा जाने नेपालीहरुलाई जुन भिसामा जान्छन् त्यही भिसाको उनीहरुले काम नपाउने गरेको यादव बताउँछन् ।

उनले आफू पनि बलदिया (फोहोर उठाउने काम)को भिसामा साउदी गएको तर वेल्डीङ गर्ने काममा लगाइएको बताए । उनले आफू कार्यरत कम्पनीमा अझै २०/२५ जना नेपाली युवाहरु अलपत्र परेको र साउदीस्थित नेपाली राजदूतावासले नेपाली कामदारको विषयमा चासो नराख्दा नेपालीको कन्तविजोग भएको बताए ।

आफ्नै अगाडि उदयपुर गाइघाटका नेपाली युवक विरामीले थलिएको समयमा उद्धार नहुँदा साउदीमै मृत्यु भएको उनले बताए ।

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले निःशुल्क रुपमा विदेशमा अलपत्र परेका व्यक्तिको उद्धार गर्ने, विदेशमा मृत्यु भएको व्यक्तिको स्वदेशमा शव ल्याउने, ठगीमा परेकालाई कानुनी उपचारका लागि सहयोग दिनुका साथै विदेश जानेका लागेकालाई परामर्श दिने लगायतको सेवा प्रदान गर्दै आएको छ । नवलपरासीको कावासोतीमा सन् २०१४ सालमा स्थापना भएको यो संस्थाले ५ सय ८१ वटा मुद्दामा सहयोग गरेको र ५२ प्रतिशत मुद्दा सफल भएको तथा बाँकी मुद्दा प्रक्रियामै रहेको परामर्शदाता लम्सालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment