+
+
Shares

ओलीमाथि देउवाको आरोपः राष्ट्रको ढुकुटी दुरुपयोग, पानीजहाजको प्रचार !

पुनर्निर्माणमा राज्यकोषको दुरुपयोग भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २६ गते १२:५३

Sher-Bahadur-Deuba

२६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री केपी ओलीविरुद्ध खनिएका छन् । बुधबार सभापति शेरबहादुर देउवाले ओलीमाथि संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग गर्नमा केन्द्रित भएको आरोप लगाए ।

संखुवासभाका एकै परिवारका तीनजना सगरमाथा आरोहीको सम्मानमा सांसद दीपक खड्काले बुधबार काठमाडौमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् । संविधान जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको देउवाले आरोप लगाए ।

संविधान कार्यान्वयनप्रति गम्भीर हुनुको साटो प्रधानमन्त्री ओली घरघरमा ग्यासका पाइपलाइन पुर्‍याउने तथा रेल र पानीजहाज चलाउने झूठा आश्वासन बाँड्नमा सीमित भएको देउवाले बताए ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीमाथि राज्यको सम्पतिलाई पार्टीको जस्तो सम्झेर दुरुपयोग गरेको आरोप लगाए । दाताहरुले दिएको रकम खर्च गर्न नसकेपछि प्रधानमन्त्री ओलीले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा पार्टी समर्थित एनजीओहरुमार्फत राज्यकोषको दुरुपयोग गर्न खाजेको देउवाको आरोप छ । तर, यसमा प्रधानमन्त्रीलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।

पुनर्निमाणका नाममा राज्यकोषको दुरुपयोग रोक्नका लागि कांग्रेसले जस्तोसुकै कदम चाल्ने देउवाले चेतावनीसमेत दिए ।

कार्यक्रममा बोल्दै अर्का नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीमाथि संविधानलाई धरापमा पार्न खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीबाट गाउँपालिका, नगरपालिका र प्रदेशको निर्वाचन नगरिकन संसदको निर्वाचन गर्ने अभिव्यक्ति आएको भन्दै पौडेलले त्यो अभिव्यक्ति संविधानलाई नै धरापमा पार्ने आशयको भएको बताए ।

कार्यक्रममा संखुवासभाको मकालु गाविसका एकै परिवारका सगरमाथा आरोहीहरु लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङमा किपा शेर्पालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?