+
+

१ महिनामा २४ दिन गाविसमा बस्ने सचिवलाई ५० प्रतिशत भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते ६:२५

vdc 2२८ जेठ, काठमाडौं । सरकारले स्थानीय सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाविस सचिवलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने तयारी गरेको छ ।

सदरमुकाम बस्दै आएका गाविस सचिवहरुलाई गाउँमै बसेर काम गर्न निर्देशन दिएको सरकारले वार्षि कार्यसम्पादनका आधारमा गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिन लागेको आजको राजधानी दैनिकले जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी बनाउन तथा गाविस सचिवको पेसालाई आकषिर्त बनाउन आगामी आर्थिक वर्ष २०७३/७४ देखि प्रोत्साहन भत्ता दिने तयारी भइरहेको जनाएको छ ।

हाल देशभर ३ हजार १ सय ५७ गाविस सचिव छन् भने ७ सय १९ गाविस सचिवबिहीन छन् । सचिवबिहीन भएको गाविसको काम हालसम्म छिमेकी गाविसका सचिवले गर्दै आएका छन् । मन्त्रालयले भने रिक्त रहेको ठाउँमा गाविस सचिव नियुक्तिका लािग लोकसेवा आयोगसँग माग गपररहेको र अब तीन महिनाभित्रै सबै गाविसमा सचिव नियुक्त हुने दाबी गरिएको छ ।

स्थानिय निकाय निर्वाचन नहुँदा १४ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिबिहीन अवस्थामा चल्दै आएका छन् । हाल मन्त्रालयले गाविस सचिवको कार्यसम्पादनका आधारमा सचिवलाई प्रोत्सहान भक्त दिने तयारी गरेको छ । यसका लािग ६ वटा सूचक तोकेको छ । पहिलो नम्रको सूचकमै गाविस सचिवले गाउँकै कार्यालयमा बसेर काम गर्नुपर्ने उल्लेख छ । प्रोत्सहान भत्ता पाउन एक महिनामा कम्तीमा २४ दिन गाउँकै कार्यालयमा बस्नुपर्ने हुन्छ ।

त्यस्तै दोस्रे सूचकमा पञ्जीकरण, योजना लेखा लगायतका प्रतिवेदन बैठक सम्पन्न भएको सात दिनभित्रै जिविसमा पेस गर्नुपर्ने उल्लेख छ । त्यस्तै तेस्रोमा सामाजिक सुरक्षा भक्त सार्वजनिक गरी ३६ दिनभित्र जिविसमा पेस गर्नुपर्ने, चौंथोमा पैस्की बेरुजु, आम्दानी आदिको अभिलेख तोकिएको ढाँचामा राख्नुपर्ने पाँचौमा गाविसले न्यूनतम सर्त तथा कार्यसम्पादनमा सफलता प्राप्त गरेको हुनपर्ने उल्लेख छ । छैंटौंमा नियममित बैठक गरेको हुनुपर्ने उल्लेख छ ।

सवै सूचक पूरा गर्ने गाविस सचिवलाई उसको मासिक तलको ५० प्रतिशत रकम प्रोत्सहान भत्तास्वरुप एकमुष्ट उपलव्ध गराइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?