२८ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण आजबाट सुरु हुँदै छ । पुन आज ११ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् ।
चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिमा मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक, पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उनी चीनको साता व्यापी भ्रमण सकेर आगामी २ असारमा स्वदेश र्फकने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4