३२ जेठ, काठमाडौं । सामर्थ्य, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाइड तालिम सुरु भएको छ । तालिम टानको केन्द्रीय कार्यालय मालिगाउँमा भइरहेको छ ।
टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुष गरी तालिम सञ्चालन गरेको बताए । नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ ।
तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ ।
प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए ।
तालिम कार्यक्रममा लामो समयदेखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहँदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् ।
नेपालमा पहिलो चोटी गाइडहरुको क्षमता अभिवृद्धिका लागी अन्तराष्ट्रिय स्तरको तालिम आयोजना भएको सामर्थ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए ।
विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा तीन प्रतिशतभन्दा तल रहेको तथ्याङ्क छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।
![;fxl;s ko{6g ;fxl;s ko{6g k|j4{g ug{ g]kfn Sofgf]lgª ;ª3åf/f g'jfsf]6 yfgfktL uflj;sf] #), !% / ^) ld6/sf] cUnf] em/gfdf cfof]hgf u/]sf] b'O{ lbg] Sofgf]lgª-5fFufj/f]x0f_ dxf]T;jdf ;xefuL x'Fb} o'jfo'jtL . dxf]T;jdf hf]lvdk"0f{ v]nk|lt ?lr /fVg] sl/j b'O{;o g]kfnLn] Sofgf]lgª u/]sf lyP . tl:a/ M ;"o{rGb| a:g]t, /f;;](http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/Canoning-3.jpg)

प्रतिक्रिया 4