+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

काभ्रे-२ को उम्मेदवारका लागि कांग्रेसबाट शिव हुमागाईं र मधु आचार्यसहित १३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ११:२१

२६ मंसिर, काभ्रेपलाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे-२ को उम्मेदवारका लागि कांग्रेसले केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र मधु आचार्यसहित १३ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा निर्वाचनको लागि हुमागाई र आचार्यसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका गरी २४ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति महेश खरेलले जानकारी दिए ।

बैठकमा इच्छाएका सबैको नाम सिफारिस गरेको उनको भनाइ छ । उनका अनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ शिवप्रसाद हुमागाई, मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाई, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त मुकेश, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र इन्दिरा बुढाथोकीलाई सिफारिस गरिएको हो ।

त्यस्तै समानुपातिकतर्फ दिल लामा, लिला नेपाल, तस्वीर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैललाई सिफारिस गरिएको हो ।

राष्ट्रिय सभातर्फ इन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकाललाई उम्मेदवारको लागि सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?