Comments Add Comment

आइसिटी स्टार्टअप अवार्डमा छानिए १० कम्पनी

उत्कृष्ट ४ का लागि अनलाइन र एसएमएस भोटिङ सुरु

ICT-Award
३२ जेठ, काठमाडौंं । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । आइतबार उद्यमी घर बानेश्वरमा आयोजित १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि निणर्ायक मण्डलले उत्कृष्ट १० कम्पनी छानेको हो ।

आइसिटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् ।

असार ८ गते आयोजना हुने लिभिङ विथ आइसिटीको चौथो वाषिर्कोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट ४ छान्नको लागि अनलाइन तथा एसएमएस भोटिङको सोमबार बेलुकीदेखि खुल्ला गरिएको छ छ । अनलाइन तथा एसएमएस भोटिङको समयावधी ३ दिनको रहने आयोजकले जानकारी गराएको छ । भोटिङ परिणामलाइ समेत आधार मानी असार ८ गते आयोजना हुने विशेष कार्यक्रममा उत्कृष्ट ४ को घोषणा गरिने निणर्ायक समुहका संयोजक सुशील पोखरेलले जानकारी दिए ।

TCT-Award

यसैबीच उत्कृष्ट १० मा पर्न सफल कम्पनीहरुले मंगलबारदेखि अनलाइन र एसएमएस भोट माग्न सक्ने छन् । मन्त्र आइडियाजका संस्थापक अशोक बस्नेतले नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले स्टार्टअपलाई सम्मान गर्ने कार्यक्रम राखेकोमा धन्यवाद दिदै आफ्नो कम्पनी उत्कृष्ट १० मा अटाएको खुसी व्यक्त गरे ।

त्यसैगरी उत्कृष्ट १० मा पर्न सफल ह्वाइट स्पेसका संस्थापक आशिष आचार्यले आइसिटी स्टार्टअप अवार्डले युवालाई नेपालमै उद्यमशीलतामा लाग्न प्रोत्साहन गरेको भनाइ राख्दै यसको निरन्तरताको कामना गरे ।

एसएमएसबाट भोटिङ

उत्कृष्ट १० मा रहेका कम्पनीहरुलाइ एसएमएसबाट भोटिङ गर्न सकिनेछ । यसको लागि मोवाइलको म्यासेज बक्समा गई ICT लेखि एक स्पेस दिएर award टाइप गरि आफुले भोट गर्ने कम्पनीको कोड नम्बर लेखि ३२२०० मा एसएमएस गर्न सकिनेछ ।

अनलाइन भोटिङ

अनलाइनबाट पनि उत्कृष्ट ४ छान्नको लागि भोटिङ गर्न सकिनेछ । यसको लागि award.livingwithict.com/poll मा गएर आफुलाइ मन परेको कम्पनीको प्रोफाइल अध्ययन गरि ‘क्लिक टु भोट’मा गएर कम्पनी छानेर कुनै एकलाइ भोट गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment