Comments Add Comment

चितवनको ७२ प्रतिशत पोल्ट्री फर्महरू नाफामा

बार्षिक १० अर्बको कारोबार

५ असार, चितवन । चितवनमा सञ्चालित पोल्ट्री फर्ममध्ये ७२ प्रतिशत र्फमहरु नाफामा देखिएका छन् । अहिले चितवनमा १ हजार ९२३ र्फमहरु सञ्चालनमा रहेका छन् ।

चितवन पोल्ट्री व्यवसायको राजधानीका रुपमा समेत परिचित छ । यहाँका पोल्ट्री किसानअहरु व्यवसायिक रुपमा अब्बल बनेका कारण फर्महरु नाफामा देखिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

Poltry-Farmविभागले चितवनमा पहिलो पटक आर्थिक वर्ष २०७१/७२ मा गरेको व्यवसायिक कुखुरा पालन सर्वेक्षणको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार चितवनले मात्रै कुखुरा व्यवसायबाट बाषिर्क १० अर्ब १७ करोड ७७ लाख ३३ हजार रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

नेपालभरबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार बराबरको मासु, अण्डा तथा चल्लाको कारोबार हुने गरेको विभागका निर्देशक बद्री कुमार कार्कीले बताए । नेपालका ११ हिमाली जिल्ला बाहेकका ६४ जिल्लामा व्यवसायीक रुपमा कुखुरा पालन हुने गरेको छ ।

चितवनमा मासुका लागि कुखुरा बिक्रीबाट एक अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डाबाट ५ अर्ब ९१ करोड ७ लाख ६ हजार, चल्ला बिक्रीबाट २ अर्ब ७ करोड ६९ लाख ७० हजार र मल बिक्रीबाट २१ करोड ३९ लाख ७३ हजार रूपैयाँ आम्दानी भएको छ ।

चितवनमा १२ हजार ९१ मेट्रिक टन मासु उत्पादन भएको अनुमान छ । विभागको तथ्यांक अनुसार नेपालमा वर्षमा एक अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने गरेको छ । जसमध्ये चितवनमा मात्र ८१ करोड १९ लाख एक हजार वटा अन्डा उत्पादन भएको छ । यो कुल उत्पादनको ६८ प्रतिशत हो ।

नेपालमा १२८ वटा हृयाचरीले ११ करोड २२ लाख ९० हजार अन्डा इन्क्युबेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको पाइएको छ । जसमध्ये चितवनमा मात्र करिब पाँच करोड चल्ला उत्पादन भएको छ ।

चितवनमा १ हजार ३ सय ६५ ब्रोइलर फर्म, ५ सय २ लेयर्स फर्म र ५६ वटा हृयाचरी गरी १ हजार ९ सय २३ वटा फर्म सञ्चालनमा रहेको विभागले जनाएको छ ।

चितवन कुखुरा उत्पादन, अण्डा उत्पादन र चल्ला उत्पादनका दृष्टिकोणले अग्रणी जिल्लाको रुपमा तथ्यांकले देखाएको केन्द्रय तथ्यांक विभागका उपसचिव केशवप्रसाद प्रसाईले जानकारी दिए ।

नेपालमा चितवन, काभ्रेपलाञ्चोक, दाङ, सुनसरी र धादिङमा सबैभन्दा बढी कुखुरा पालन हुने गरेको विभागले जनाएको छ ।

व्यवसायिक रुपमा अब्बल चितवनमा पोल्ट्री क्षेत्रमा ५० प्रतिशत बैक तथा वित्तीय संस्थाबाट ऋण लिएको विभागले जनाएको छ । व्यवसायिक रुपमा अब्बल र क्षेत्र विस्तार गर्न किसानले ऋण लिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment