Comments Add Comment

अर्घाखाँची सिमेन्टको क्षमता डेढ वर्षभित्र दैनिक ६० हजार बोरा पुर्‍याइँदै, ४ अर्ब लगानी थपिने

छोटो अवधिमै लोकप्रिय बनेपछि थपियो उत्साह

Arghakhanchi-Cement-2

५ असार, काठमाडौं । अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने भएको छ । कम्पनीले यो लक्ष्य डेढ वर्षभित्र पुरा गर्ने संकल्प गरेको छ ।

अहिले यो उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता विस्तारमा ४ अर्ब रुपैयाँ लगानी गर्ने कम्पनीका निर्देशक पशुपति मुरारकाले बताए । उनका अनसार उद्योगको क्षमता विस्तार गर्ने काम सुरु भइसकेको छ । क्षमता विस्तार गरेपछि यो उद्योग मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने उनको दाबी छ ।

भैरहवाको मैनहीया गाविसमा अवस्थित अर्घाखाँची सिमेन्ट उद्योगले करिव डेढ वर्षअघि सिमेन्ट उत्पादन सुरु गरेको थियो । सिमेन्ट उत्प्ाादन सुरु गरेको डेढ वर्षमै कम्पनीले नेपालको अग्रणी सिमेन्ट कम्पनीको रुपमा पहिचान बनाउन सफल भएको छ । यही सफलताको उपलक्ष्यमा उद्योगले गत शुक्रबार ‘सफल वर्ष उत्सव’ मनायो ।

अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपिसि सिमेन्ट उत्पादन गर्ने कम्पनीहरुमा पर्छ । अर्घाखाँची मिसेन्ट उद्योग आफ्नै चुनढुंगा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओपिसि सिमेन्ट उत्पादक भएको मुरारकाले बताए । जसले आफै क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको छ ।

यस कम्पनीमा सिमेन्ट उत्पादनको क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेका सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) उद्योगजस्ता अनुभवी र प्रख्यात व्यावसायीक घरानाहरुको संलग्नता छ  ।Arghakhanchi-Cement

स्वदेशमै उच्चस्तरीय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरेर मुलुकलाई सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको मुरारकाले बताए । अर्घाखाँची खाँचीकोटको चुनढुंगा नेपालकै उत्कष्ट रहेको बताउँदै उनले त्यहि चुनढुंगा प्रयोग गरेर सिमेन्ट उत्पादन गरिरहेको उनको भनाई छ ।

अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुंगा खानीबाट ल्याइएको चुनढुंगासँगै बक्साइट, आइरन ओर र रेड क्ले लगायतका कच्चा पदार्थहरु उत्पादन प्रकृयामा लानुभन्दा पहिले आफ्नै कारखानामा रहेको अत्याधुनिक ल्याबमा परिक्षण गरि अत्याधुनिक जर्मन टेक्नोलोजिको मेशिनद्वारा उच्चस्तरिय क्लिकंर उत्पादन गरिने बताइएको छ ।

यस प्रविधि अपनाउनका लागि कम्पनीले ब्याग फिल्टर भएको क्लोज सिर्किट प्रविधि प्रयोग गर्दै आएको छ । जसले सिमेन्ट उत्पादन गर्दा निश्किने सिमेन्टको धुलोलाई बाहिरी वातावरणमा जान नदिई ब्याग फिल्टरमा संकलन गरि पुनः प्रयोगमा ल्याउँदछ ।

वातावरणमैत्री प्रविधि प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने सिमित सिमेन्ट कम्पनीहरु मध्येमा अर्घाखाँची सिमेन्ट पर्छ । यो उद्योगले अटोरोटो प्याकिङ प्रविधिबाट लेमिनेटेड सिमेन्ट ब्याग प्याकिङ गर्ने भएकोले सिमेन्टको तौल ५० केजी निश्चित रहने र सिमेन्ट भण्डारण गर्दा पनि गुणस्तरमा कुनै असर नपर्ने दाबी गरिएको छ ।

कम्पनीका निर्देशक मुरारकाले भने- ‘स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको छ, थोरै समयमा नै आफ्नो गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जित्दै अपुरणीय सफल प्राप्त गरेको छ र देशकै नम्बर एक सिमेन्ट बन्ने यात्रामा शिखर तर्फ लम्कँदै  छ ।’

सफल वर्ष उत्सवमा अर्घाखाँची सिमेन्टका प्रमोटर ग्रुप, डिलर, इञ्जिनियरहरु, कन्ट्रयाक्टर, ब्रान्ड एम्बेसडर सुनिल थापा लगायत सरकारी निकायका वरिष्ठ व्यक्तिहरुको समेत उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment