Comments Add Comment

काबुल घटनाको एनआरएनद्वारा निन्दा, नेपाली कामदार पठाउन रोक लगाउन माग

६ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले १४ जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

Shesh-Ghaleसंघका अध्यक्ष शेष घलेले शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका छन् ।

संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

‘वैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अवस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

अफगानिस्तानजस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment