+
+
Shares

मदिरा तथा सुर्तीजन्यमा बढी खर्च गर्नेमा गरिब, धनीको विलासी वस्तुमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते ६:४५

wine७ असार, काठमाडाैं । गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता रहेको पाइएको छ ।

गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै उपयोग गरेको देखाएको आजको कारोबार दैनिकमा समाचार छ ।

सर्वेक्षणअनुसार गरिबले खाद्यान्न तथा गैरमदिराजन्य पेय, मदिराजन्य तथा सुर्तिजन्य र आवास तथा उपयोगिताका बस्तु बढी प्रयोग गरेको देखिएको छ ।

खाद्यान्न तथा पेय र आवासबाहेक सबै वस्तु तथा सेवा धनीहरुले बढी प्रयोग गर्नेगरेको अध्ययनको निष्कर्ष छ ।  राष्ट्र बैंकले पाँच समूह बनाई कुन समूहले कस्ता वस्तु तथा सेवामा कति खर्च गर्छन् भनेर अध्ययन गरेको छ ।

अध्ययनमा धनी बढेसँगै विलासी तथा खाद्यान्यवाहेक अत्यावशयक सेवामा पनि उनीहरुको खर्चको रकम बढेको देखाएको छ ।  जनस्वास्थ्यमा हानिकारक मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थमा पनि गरिबले नै बढी खर्चने गरेको पाइएको छ ।

सबैभन्दा गरिब २० प्रतिशतले मदिरा तथा सुर्तीमा २.१५ प्रतिशत खर्च गर्छन् भने माथिल्ला धनी २० प्रतिशतले ०.८६ मात्रै यसमा खर्च गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?