Comments Add Comment

झापाका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा

Jhapa-Duban७ असार, झापा । सोमबार रातिदेखि परेको भारी वर्षाका कारण झापाका विभिन्न गाविस र नगरपालिका जलमग्न भएका छन् । जिल्लाका मुख्य नदीहरु रतुवा, माइ, विरिङ्ग, हँडिया, निन्दा र मेचीमा पानीको बहाव बढेपछि यहाँका दर्जनौं घर, टहरा डुबानमा परेका छन् ।

भद्रपुर नगरपालिका-५ र १० मा गरी करीब ३५ घर, गरामनी बजार पश्चिमपट्ट िकरीब १० घर, राजगढको जनता चोकमा ४ घर र सुरुङ्गाको उत्तरपटि्ट रहेको बस्तीका करीब २५ घर डुबानमा परेको रेडक्रस झापाले जनाएको छ ।

बाढीको जोखिम

दक्षिणी गाविस कुमरखोद र टाघनडुब्बासहित राजगढ, खुदुनाबारी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

रेडक्रसका कार्यक्रम अधिकृत अमर भण्डारीका अनुसार भद्रपुर नगरपालिकाको सुकुम्बासी बस्ती र मेची खोला भन्सार उत्तर दक्षिणको लाइन डुबानमा परेपछि उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भद्रपुर नगरपालिकाको सहायतामा उनीहरुलाई भद्रपुर उच्च माविमा राखिएको छ । पानी पर्न काम भएपछि उद्दार गरिएका व्यक्तिहरु आफ्नो बास स्थानतर्फ जान थालेका छन् ।

हल्दिबारी र भद्रपुर जोड्ने पुल बगायो

राति पुनः सोही अनुपातमा पानी पर्‍यो भने स्थिति जटिल हुन सक्ने भन्दै सचेत रहन भनिएको छ । मेची, हँडिया र देउनिया नदी तथा झिल्मिलिया पैनीमा पानीको बहाव बढेपछि भद्रपुर नगरक्षेत्रका विभिन्न ठाउँ डुबानमा परेका थिए ।

डुबान भएको क्षेत्रमा रहेका स्थानीयलाई प्रहरी परिचालन गरी सुरक्षित स्थानमा सारिएको थियो । देउनिया खोलामा आएको बाढीले हल्दिबारी र भद्रपुर नगरपालिका जोड्ने पुल समेत बगाएको स्थानीयले जनाएका छन् ।

इटहरी र कैलालीका बस्ती पनि डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment