+
+
Shares

गजल: थाहै भएन

सरस्वती गुरुङ सरस्वती गुरुङ
२०७३ असार १४ गते ७:५७

दुश्मन थियो या , मित्र थाहै भएन ।
जुठो थियो या , पवित्र थाहै भएन ।।

saraswati gurungम भने उसलाई , सम्भिmरहन्थें ।
खराब उसको, चरित्र थाहै भएन ।।

कहिले आफ्नो हुन , नसक्ने उसैको।
कोरिएछ मुटुमा , चित्र थाहै भएन ।।

जिन्दगी नै ठानेर , माया गरेछु ।
गलाउँदै रहेछ , भित्र थाहै भएन ।।

सँधै उसकै लागि , धडि्क दिने ।
कस्तो यो मुटु , विचित्र थाहै भएन ।।

कटारी , उदयपुर
हाल काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?