Comments Add Comment

‘गुण्डा नाइके’ दीपक मनाङ्गे पक्राउ

१७ असार, काठमाडौं । नेपाल प्रहरीले गुण्डा विरुद्धको कारवाही तीव्र पारेको छ । विहीबार राति राजधानीमा केही गुण्डा नाइकेहरुको अखडामा छापा मार्नुका साथै प्रहरीले पुराना ‘डन’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

dipak-manangeविहीबार राति प्रहरीले मनाङेसहित उनका सहयोगी राजिवकुमार सिंहलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । उनले काठमाडौंमा गुन्डागर्दी गर्नेहरु विरुद्धको कारबाही थालिएको बताए ।

गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।

मनाङ्गेले सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका छन् । यसैक्रममा उनले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको  र त्यही कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment