+
+
Shares

आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १९ गते १६:२६

TIA Domestic Airlines
१९ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५रुपैयाँ घटाइएको छ ।यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाइएको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ । ‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं’ सिमि्रक एयरलाइन्सका बजार व्यवस्थापक अनलाइनखबरसँग भने ।

यसअघि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।

नयाँ भाडा दरको सूची हेर्नुहोस्

देखि सम्म घटेको शुल्क (रु.) नयाँ भाडा (रु.)
काठमाडौं पोखरा १६५ ४२३०
काठमाडौं भैरहवा २०५ ५३००
काठमाडौं बिराटनगर २३५ ६०५५
काठमाडौं भरतपुर १३५ ३०९०
काठमाडौं भद्रपुर २७५ ७३८५
काठमाडौं धनगढी ३८५ १०६०५
काठमाडौं नेपालगञ्ज २९५ ७९५५
काठमाडौं जनकपुर १५० ३५९५
काठमाडौं माउन्टेन फ्लाइट ३७५ ९०१०
काठमाडौं तुम्लिङटर २०५ ४९८५
काठमाडौं सिमरा ११५ २६५०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?