Comments Add Comment

अनौठो कुण्ड, जहाँ ताली बजाउँदा निस्कन्छ तातो पानी

hotwater_kundaप्रकृतिमा केही त्यस्ता रहस्यहरु लुकेका छन् जसको भेउ पाउन मानिसले अहिलेसम्म पनि सकेको छैन । भारतको झारखण्डस्थित बोकारो जिल्ला रहेको एउटा कुण्ड पनि यस्तै रहस्यले भरिएको छ ।

यो कुण्डमा ताली बजाउँदा पानी आफै निस्किन्छ । पानी यति जोडसँग निस्किन्छ की मानौँ कुनै भाँडोबाट पानी उम्लिरहेकेा छ । यतिमात्र कहाँ हो र यो कुण्डमा जाडो याममा तातो तथा गर्मी याममा चिसो पानी निस्किन्छ ।

बोकारो सहरबाट २५ किलोमिटर टाढा रहेको यो अनौठो कुण्डमा नुहाउनका लागि धेरै पर्यटकहरु आउँछन् । यो पानीमा नुहाएर मागेको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ । यहाँको तातो पानीले नुहाउँदा जिउका रोग पनि नास हुने विश्वास गरिन्छ । यो कुण्डलाई दलाही कुण्डको नामले चिनिन्छ ।

आखिर यो कुण्डमा ताली बजाउँदा जमिनमुनिबाट जोडसँग पानी माथि निस्किनुको रहस्य के हो भन्ने विषयमा वैज्ञानिकहरुले खोजविन गरिरहेका छन् । ताली बजाउँदा ध्वनी तरंगले पानीको सतहमा समेत नगन्य प्रभाव पार्नेमा यसरी जमिनमुनिबाटै पानी माथि आउने कुराको रहस्यक पर्दा अहिलेसम्म खुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment