Comments Add Comment

बल्खु तरकारी बजारमा अनुगमन टोलीमाथि आक्रमण


२१ असार, काठमाडौं । बल्खु तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ ।

अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् । उनीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।

अधिकांश ढकतराजु प्रमाणीत नभएको पाइपछि कारबाही गर्न लाग्दा व्यापारीहरुले तरकारी र पानीको बोत्तलले अनुगमन टोलीलाई हानेका थिए । प्रहरीको थप उपस्थिति बढेपछि दुबै पक्षवीच छलफल भएको छ ।

व्यापारीहरुले एक हप्ताभित्र नापतौल विभागबाट प्रमाणित गराउने भन्दै ढक/तराजु जफत नगर्न समेत माग गरेका छन् । उनीहरुले यसअघि ढक तराजुमा नापतौल विभागले प्रमाणित गर्नुपर्छ भन्ने थाहा नभएको बताएका छन् ।

तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment