काठमाडौं । रसिया युरोकपबाट बाहिरिँदा दुई खेलाडीले भने मोनाकोको एक नाइट क्लबमा पार्टी गरेका छन्, जहाँ ५०० बोटल स्याम्पियन प्रयोग भएको थियो ।
रुस युरोकपको समूह चरणबाटै बाहिरिएको भोलिपल्ट दुई खेलाडी टुइगा नाइट क्लबमा पुगेका थिए । जहाँ उनीहरु स्याम्पियनका बोतलहरुले घेरिएका थिए र पृष्ठभूमिका रुसको राष्ट्रिय धुन समेत बजिरहेको थियो ।
यो भिडियो सार्वजनिक भएपछि दुई खेलाडीलाई उनीहरुको क्लबले दण्डित गरेको छ ।
फवार्ड एलेकसान्ड्रो कोकोरिन र मिडफिल्डर पाभो मामिभले पार्टीमा २ लाख ५० हजार युरो खर्च गरेका थिए ।
यद्यपि दुबै खेलाडीले आरोप अस्वीकार गरेका छन् । कोकोरिनले कसैले उक्त नाइट क्लबमा जन्मदिन पार्टी मनाएको र त्यही बेला आफूहरु त्यहाँ पुगेको दाबी गरे ।
क्लबका अध्यक्षले पनि खेलाडीहरुले दिएको बयानको समर्थन गरेका छन् ।
जेनिट सेन्ट पिटरबर्गका कोकोरिन र उफसी क्रासनोडरका मामिभलाई क्लबको फस्टटिमबाट हटाइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले यो घटना लाजमर्दो भएको बताए ।
प्रतिक्रिया 4