+
+
Shares

मोडमा विपरित दिशाको गाडी देख्न तानसेन-बुटवल सडकमा २५ ‘कन्भेक्स मिरर’

सुशील नेपाल सुशील नेपाल
२०७३ असार २३ गते ११:०६

Convex-Miror
२३ असार, पाल्पा । तपाईं तानसेन-बुटवल सडकमा सवारी चलाउनुहुन्छ ? सवारी चलाउँदा मोडहरुमा विपरित दिशावाट सवारी आएको छ/छैन भन्ने थाहा नपाउँदा दुर्घटना जोखिम कति हुन्छ भन्ने राम्रैसँग बुझ्नु भएको होला ।

अब भने त्यस किसिमको चिन्ता गर्नुपर्ने छैन । सवारी चलाउँदा ठूला मोड आयो र विपरीत दिशाबाट सवारी आएको छ/छैन जान्न तपाईलाई अब सहयोग पुर्‍याउनेछ ‘कन्भेक्स मिरर’ ले ।

बुधवारमात्रै तानसेन वुटवल सडकखण्डमा २५ वटा ‘कन्भेक्स मिरर’ जडान गरिएको छ । सडक दुर्घटना कम गर्ने उद्देश्यले कन्भेक्स मिरर जडान गरिएको हो ।

‘तानसेनदेखि दोभानसम्म रहेका २५ ठुला घुम्तिहरुमा बुधवारमात्रै २५ वटा कन्भेक्स मिरर जडान गरीयो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले भने,-‘यसले दुबैतर्फको विपरित दिशाबाट आएको सवारी साधनलाई सजिलै देख्न सकिने र चालकले ऐनामा हेरेको आधारमा सवारी साधनको गति नियन्त्रण गरी संभावित दुर्घटनाबाट बच्न सक्नेछन ।’

घुमाउरो सडक, प्रशस्त मोडका कारणले पहाडी जिल्लाहरुमा हुने दुर्घटनालाई कम गर्न दक्षिण कोरिया गएका पाल्पाली युवाहरुको संस्था नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले यस्तो कामको सुरुवात गरेको हो ।

कोरियामा रहेका पाल्पाली युवाहरुबीच चिठ्ठा खोलेर र केही रकम व्यक्तिगत रुपमा उठाएर पाल्पाको सडक दुर्घटना न्युनिकरणका लागी अभियानको सुरुवात गरीएको संस्थाका संस्थापक अध्यक्ष चेेतन सारुले जानकारी दिए ।

‘पाल्पा पहाडी जिल्ला भएकोले मोडहरुमा धेरै दुर्घटना हुँदै आएको छ, अध्यक्ष सारुलेे भने,-‘सडक दुर्घटना न्यूनीकरण नै हाम्रो मुख्य उद्देश्य हो ।’

तानसेन वजार भित्रका सडहरुमा पनी १/२ दिनमै कन्भेक्स मिरर राखिने उनले बताए । ‘अहिले यो अभियानको परीक्षण पनी हो यदि यसको सबैबाट सुरुक्षा र प्रभाव राम्रो रह्यो भने अन्य स्थानमा पनी राख्ने हाम्रो योजना छ,’ अध्यक्ष सारुले भने ।

तानसेन बुटवल सडकमा कन्भेक्स मिरर जडान गरीएका स्थानमा सवारी रोकी चालकहरुलाई ट्राफिक प्रहरीले कन्भेक्स मिररको बारेमा जानकारी गराउँदै आएका छन ।

‘चालकहरुबाट पनी राम्रो प्रतिक्रिया पाएका छौँ,’ ट्राफिक प्रमुख आचार्यले भने- ‘यसले ध्वनी प्रदुषण र सडक दुर्घटनामा कमी आउने विश्वास छ ।’

कन्भेक्स मिररका लागि अहिलेसम्म १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको संस्थाले जनाएको छ । मोडहरुमा राखिएको मिरर गाडनका लागि सडक डिभिजन पाल्पाले फलामका पोलहरु सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?