Comments Add Comment

राजधानीको मासुपसलमा स्याउँस्याउँती किरा, बन्द गर्न मन्त्रीको निर्देशन

meat_anugaman२४ असार, काठमाडौं । राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । त्यस्तै, राँगोको मासु भन्दै भैंसीको मासु बेच्ने गरेको पनि पाइएको छ।

आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

‘यो बधशालामा हदैसम्मको लापरवाही देखियो, यस्तो मासु खाँदा जनताको स्वास्थ्य कस्तो भएको होला ?’ मन्त्री पुनले भने ‘त्यसैले यो बधशाला तत्काल शिल गर्न निर्देशन दिएको छु ।’ मन्त्री पुन निर्देशन दिएसँगै मन्त्रिपरिषदको बैठकमा फर्किए ।

meat_anugaman3गुणस्तर तथा नापतौल विभाग, पशु विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग,  वाणिज्य मन्त्रालय, उपभोक्त मञ्च र पत्रकारको टोली अनुगमनका क्रममा राजधानीका विभिन्न मासु पसलको अनुगमनमा गएको हो ।

अनुगमन टोलीले सो वधशालाका सञ्चालक सेभ मोहमदलाई ३ घण्टाभित्र बधशाला सफा गर्न निर्देशन दिएको छ ।

बधशाला सफा गरिसकेपछि शिलबन्दी गरेर टोली र्फकने आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । यो बधशालाले दैनिक १०/१२ वटा सम्म भैसी तथा राँगा काट्दै आएको छ ।

विभागले साताव्यापीरुपमा जनस्वास्थ्यसँग सरोकार राख्ने विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएको छ । सोही क्रममा आज राजधानीका मासुपसल तथा बधशालामा अनुगमन गरेको हो । सरकारले साउन १ गतेदेखि बधशाला सञ्चालन गर्न नदिने निर्णय यसअघिनै गरिसकेको छ ।

मन्त्री फर्किएपनि अनुगमन टोलीले कालिमाटीको ह्युमत सामुदायिक पशु बधशाला पनि अनुगमन गर्यो । त्यहाँ अत्याधिक फोहोर र दुर्गन्ध भेटीएको छ ।

‘राँगा कसरी काट्ने, जमिन कस्तो हुनुपर्ने, पानी कस्तो कस्तो प्रयोग गर्ने, जिउँदो राँगाभैँसी कहाँ राख्ने भन्ने कुराको हेलचेक्र्याइँ गरेको देखिएको भेटनरी जाँच जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका पशु चिकित्सक डा. नारायण घिमिरेले बताए । ‘सरसफाइ शतप्रतिशत लापर्बाही देखियो,’ उनले भने ।

अनुगमन टोलीले कालिमाटीमा पनि दुई माछा पलसमा अनुगमन गरी डिजिटल तराजु जफत गरेको छ। गुणस्तर तथा नापतौल विभागको अनुमतिपत्र नलिएको र तौल कम हुने बनाएको पाइएको अनुगमन टोलीले जनाएको छ। त्यस्तै, मुल्य सूची नराखिएको, माछा खुला छाडेको पाइएको छ ।

meat_anugaman6 meat_anugaman5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment