+
+
Shares

वन्यजन्तु अपराधको केन्द्र बन्दैछ काठमाडौं

बहसमा अखेटोपहारः नष्ट गर्ने कि 'जेनेटिक लाइब्रेरी'मा राख्ने ?

विश्वनाथ रिजाल विश्वनाथ रिजाल
२०७३ असार २४ गते १४:०९

wild life (1)

राजधानीबाट विभिन्न समयमा बरामद भएका वन्यजन्तुका अखेटोपहारबाट काठमाण्डौं उपत्यका वन्यजन्तुको ओसार-पसार तथा वन्यजन्तु अपराध कार्यमा एक प्रमुख केन्द्रका रुपमा विकसित हुँदै गरेको तथ्यलाई पुष्टि गर्दछ ।

जिल्ला वन कार्यालय काठमाडौंमा विगत आठ वर्षको अवधिमा वन्यजन्तु अपराधसँग सम्बन्धित मुद्दाको सख्यां हेर्दा सबैभन्दा बढी चराचुरुङ्गी-४७२ बरामद भएको छ । यसमा दुर्लभ मकाउ सुगा पनि छन् । यी चराचुरुङ्गीहरु विशेष गरी भारतीय नागरिकहरुबाट पिँजडामा राखी विक्री वितरण गरिरहेको अवस्थामा बरामद भएका छन् ।

चराचुरुङ्गीपछि सबैभन्दा बढी संख्यामा चितुवा ५०, रेडपाण्डा ३१, गैंडा १४, सालक १३, भालु १२, बाघ ८, कस्तुरी मृग ७, वन विरालो ६ र हात्ती ५ वटाका आखेटोपहार बरामद भएको देखिन्छ ।

विगत ८ वर्षको दौरान जम्मा ४०५ जना व्यक्तिहरु वन्यजन्तु अपराधमा संलग्न रहेकामा नेपालीहरुको संख्या ३ सय ८२ र बाँकी विदेशीहरु संलग्न देखिन्छन् । वन्यजन्तु अपराधमा महिला ६ प