Comments Add Comment

२० रुपैयाँको नोटमा परिवर्तनः साम्भरको सट्टा बाह्रसिंगेको तस्वीर

ब्याकरणीय गल्ती सुधारिने

rs 20_new
नयाँ नोट

३० असार, काठमाडौं । २० रुपैयाँको नोटमा परिवर्तन भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैयाँको नोटको डिजाइन परिवर्तन गरी बजारमा ल्याउन लागेको हो ।

चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले यो परिमार्जन गर्न लागेको सरकारले बताएको छ ।

अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्नेछ र, बाह्रसिङ्गेको तस्वीर राखिनेछ ।  २० रुपैयाँको नोटमा साम्भर जनावरको चित्र वि.स. २०६९ सालदेखि राख्न थालिएको थियो ।

अब भारतीय उपमहाद्वीपमा पाइने मृग प्रजातिको बाह्रसिङ्गे नेपालको शुक्लाफाँटमा पाइन्छ र यो लोपन्मुख भएकाले नोटमा राख्नु राष्ट्रिय गौरवको विषय मानिएको छ ।

rs20_new

अग्रभागमा व्याकरणीय गल्ती सुधार्ने

चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा व्याकरणीय त्रुटी  फेला परेको छ । २० को नोटमा भेटिएको दुईवटा व्याकरणीय गल्तीलाई नयाँ नोटमा भने सच्याउने प्रस्ताव गरेको छ ।

‘रुपैयाँ बीस तुरुन्त पाइनेछ’ लाई सच्याएर अब ‘रुपैयाँ बिस तुरुन्त पाइने छ’ बनाइने छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बीसको सट्टा ‘बिस’ र ‘पाइनेछ’ को सट्टा ‘पाइने छ’लाई मान्यता दिएकाले यो सच्याउन लागिएको हो ।

यस्तै नोटमा फैलिएको बोडरभागमा पनि हल्का केही परिवर्तन गरिँदैछ । नोट छपाईको सम्झौता हुने समयमा बैंकका बहालवाला गभर्नरको दरखास्त राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment