३१ असार, मुगु । लामो खडेरीपछि पर्याप्त बर्षा भएपछि मुगुका ग्रामीण क्षेत्रका किसानहरु यति खेर बर्खे वाली लगाउने चटारोमा छन् । पानी परिरहँदा कतै पाखो धान गोड्दै छन् त कतै कोदो रोप्न भ्याइ नभ्यार्इ छ मुगाली किसानहरुलार्इ ।
लामो खडेरीले निम्त्याएको कहालीलाग्दो भोकमरीसँग जुधेका मुगुवासी पर्याप्त पानी पर्दा खुसि देखिएका छन् ।
१९ हजार २ सय १० हेक्टर मध्ये १ हजार आठ सय ९० हेक्टरमा धान रोपाँर्इ गरिन्छ भने बाँकी सबै पाखो जग्गामा कोदो, सिमि, पाखो धान, मकै, कागुनु, चिनु लगायतका बर्षे वाली लगाउने गरिन्छ ।
वाली लगाउने उपयुक्त समय भएकाले आजभोली यहाँका किसानहरु बिहान देखि साँझ सम्म वारीमा नै अहोरात्र काममा खटिएका हुन्छन् । पानी परेका बेला घुम अर्थात स्थानीय भाषामा स्याँकु ओढेर पनि कामलार्इ निरन्तरता दिने गर्छन् ।
पुरुषहरु हलो जोत्ने र बाहिरको काम गर्ने भएकाले महिलाहरु मात्र खेत र पाखो वारीहरुमा देख्न पाँइन्छ ।
दुख गरेर लगाएको वाली फेरी खडेरीले नोक्सान पुर्याउने हो कि भनेर कतिपय लार्इ चिन्ता पनि छ । हावापानी, उचार्इ र सिचाँर्इको कारण मुगु जिल्लामा बैशाखको पहिलो साता देखि श्रावणको महिना भरी विभिन्न जातका बर्षे वाली लगाउने प्रचलन रहेको छ ।
प्रतिक्रिया 4