
२ साउन, काठमाडौं । सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवलबाट ३५ र काठमाडौंबाट २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए । त्यस्तै बुटवलमा सडक संघर्षमा उत्रिएका ३५ जना पक्राउ परेका छन् ।
लामाका अनुसार कलंकीबाट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमालसहित सात जना, बालाजुबाट अखिल क्रान्तिकारी काठमाडौं उपत्यका विशेष समन्वय समिति संयोजक लोकेश विक र आकाश भेटवालसहित नौ जना र चाबहिलबाट राष्ट्रिय युवा जनस्वयमसेवक व्युरोका उपाध्यक्ष रबि गोलेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लव माओवादीले आइतबार काठमाडौं उपत्यकासहित देशभर बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।
प्रतिक्रिया 4