४ साउन, पोखरा । कास्की जिल्ला अदालतले आव २०७२/७३ मा लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ ।
सो आवमा तीन हजार ४५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षका एक हजार ४ मुद्दा सरेर आएका छन् । कुल चार हजार ४५५ मुद्दामध्ये तीन १०४ थान मुद्दाको फैसला गरिएको हो । फैसला हुन बाँकी कुल एक हजार ३५१ वटा मुद्दा चालु आवमा सरेका छन् ।
अदालतले न्यायिक दस्तुरबापत सो अवधिमा रु दुई करोड ८४ लाख १६ हजार ४६ राजस्व सङ्कलन गरेको छ ।
सोलुखुम्बुमा सोह्र वर्षयता सबैभन्दा बढी मुद्दा फैसला
यसैबीच सोलुखुम्बु जिल्ला अदालतले १६ वर्षयता सबैभन्दा बढी मुद्दा फैसला गरेको छ ।
आव २०७२/७३ को प्रगति विवरण आज सार्वजनिक गर्दै अदालतले सो अवधिमा सबैभन्दा बढी एक सय ५१ मुद्दा फैसला गरेको जनाएको छ । आव २०५६/५७ मा २५६ थान मुद्दाको फैसला गरेको अदालतले त्यसयता यस वर्ष मात्र बढी मुद्दा फैसला गरेको जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
यस्तै आव २०७२/७३ मा कैद भुक्तानीतर्फ ५५२ वर्ष ११ महिना २६ दिन फर्छ्यौट भएको छ । अब ५३१ वर्ष १० महिना २७ दिन असुल हुन बाँकी रहेको जनाइएको छ । यस्तै आव २०७२/७३ मा रु १८ लाख १५ हजार ४४६ जरिवाना असुल भएको तथा रु एक करोड १७ लाख ३९ हजार ४३ जरिवाना असुल गर्न बाँकी छ ।
अदालतले ५६ जनाबाट कैद, ६५ जनाबाट जरिवाना र १५६ जनाबाट कैद र जरिवाना दुवै असुल गर्न बाँकी रहेको जिल्ला न्यायाधीश अधिकारीले जानकारी दिए।
प्रतिक्रिया 4