Comments Add Comment

२१औं राष्ट्रिय पौडीमा शिरिस गुरुङको २ कीर्तिमान

५ साउन, काठमाडौं । कीर्तिमानी नेपाली पौडिबाज शिरिस गुरुङले सातदोवाटोमा जारी २१औं राष्ट्रिय पौडी प्रतियोगिताको २ स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

Sirish-Gurungशिरिसले १ स्पर्धामा अाफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे भने १ स्पर्धामा नयाँ कीर्तिमान कायम गरे।

पछिल्लो केहि बर्षमा नेपालको पुरुष पौडीमा एकछत्र राज गरिरहेका शिरिसको यो ४५औं राष्ट्रिय कीर्तिमान हो ।

शिरिसले आज बिहान भएको १०० मिटर ब्याकस्ट्रोकको स्पर्धामा यसअघिको टाइमिङमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले निर्धारित दूरी १ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । यसअघि १ मिनेट १२.९ सेकेण्डमा उनैले कीर्तिमान राखेका थिए ।

त्यस्तै प्रतियोगितामा शिरिषले आज बिहान ५० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले निर्धारित दूरी ३१.९४ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले यसअघि पुष्पराज शाहीको नाममा रहेको ३२.६२ सेकेण्डको कीर्तिमान भंग गरेका हुन् ।

योसँगै उनले नेपाली पौडीमा ब्याकस्ट्रोक बिधाका सम्पूर्ण स्पर्धाको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

हिजोबाट सुरु भएको २१औं राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन हिजो शिरिसले ४ स्वर्ण जितेका थिए । उनले २०० मिटर इन्डिभिज्युअल मिड्ले, २०० मिटर ब्याकस्ट्रोक, १०० मिटर फि्रस्टाइल र १०० मिटर फ्लाई स्पर्धामा हिजो स्वर्ण जितेका हुन् ।

प्रतियोगिताको समापन आज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment