+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डको नजरमा नयाँ सरकारका तीन अवसर र चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १६:४५

Prachand,-Maoist-Center

५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकारको नेतृत्व गर्दा आफ्ना सामू अवसर र चुनौती दुबै हुुने बताएका छन् ।

भोलिदेखि संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुने र एउटा टुंगोमा पुग्ने भन्दै उनले त्यसपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताए ।

राप्रपाका नेता नरबहादुर पाखि्रन लगायतलाई पार्टीमा प्रवेश गराउँदै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले भने, ‘माओवादीको नेतृत्व सुनिश्चित भयो भने चुनौती र अवसर दुबै छ ।’

उनका अनुसार अब बन्ने नयाँ सरकारको पहिलो चुनौती भनेको देशलाई एकताबद्ध बनाउनु र नयाँ संविधानलाई सबैले अपनत्व महसुस गर्ने वातावरण बनाउनु हो । मधेसी मोर्चासहितका आन्दोलनरत पक्षको मागहरुलाई अधिकतम राजनीतिक सहमति बनाएर संविधान संशोधन गर्न आवश्यक रहेको उनले बताए ।

संविधानको कार्यान्वयन गर्दै गाउँपालिका, नगरपालिकादेखि प्रदेश र केन्द्रको चुनाव गर्ने र २०७४ साल माघ ७ गतेसम्म केन्द्रीय प्रतिनिधिसभा निर्वाचित भइसक्नुपर्ने अर्को चनौती रहेको उनले  बताए ।

नयाँ सरकारको अर्को चुनौती भूकम्प प्रभावित जनताको पुनस्र्थापना भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । ‘डेढ वर्ष हुनलाग्यो कछुवाको गतिमा पनि काम हुन सकेको छैन,’ उनले भने, ‘यदि नयाँ सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो भने पुनर्स्थापनामा अधिकतम तीव्र ढंगले काम गर्ने मेरो प्रतिवद्धता छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, जनताको विकास आकांक्षा सम्बेाधन गर्ने र प्रकृतिक स्रोत साधनको सदुपयोग गर्ने आफ्नो अर्को चुनौती भएको बताए । प्रकृतिले हामीलाई धेरै कुरा दिएको तर, राजनीतिक स्थिरताको अभावमा सदुपयोग गर्न नसकेको भन्दै उनले भने, हाम्रा लागि यो चुनौती पनि हो, अवसर पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?