Comments Add Comment

ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थिएँः वामदेव

'प्रचण्डलाई आजसम्म धोखा दिएको छैन'

८ साउन, काठमाडौं । नेपका एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदको रोष्टममै उभिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको पुष्टि गरेका छन् । भद्र सहमति आफूले नै गरेको बताउँदै गौतमले प्रचण्ड अधैर्य हुँदा गठबन्धन टुटेको गुनासो गरे ।

Bamdev-Gautamशनिबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै गौतमले भने- म आज दुःखी छु, केपी ओलीलाई हटाएर प्रधानमन्त्री बन्ने कुरा नै प्रमुख हो भने, त्यसको निम्ति त मैले सहमति गरेकै थिएँ । सिग्नेचरमात्रै भएको थिएन । मैले गरेका सहमतिहरु मेरो तर्फबाट सधैंभरि लागु भएका छन्, ढिलो वा चाँडो यो पनि लागुहुन्थ्यो ।’

एमालेकै वरिष्ठ नेता माधव नेपालले ओलीप्रति कटाक्ष गरेकाले वामदेवको भनाइ सुन्न कांग्रेस र माओवादीका प्रभावशाली नेताहरु अबेरसम्म संसद बैठकमा बसेका थिए । गौतमले प्रचण्ड र आफ्नो युद्धकालीन सम्बन्धका पाटाहरु समेत खुलासा गर्दै आजसम्म आफूले प्रचण्डलाई धोका नदिएको र उपयोग पनि नगरेको बताए ।

आफूले युद्धकालमा धेरै माओवादीहरुको ज्यान बचाएको गौतमले स्मरण गरे ।

आफैं संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो भने माओवादीले चलाएका ८ मन्त्रालयबाट भएका काम पनि गलत थिए भन्ने पुष्टि हुने गौतमले बताए । ‘गृह, आपूर्ति, कृषि, शिक्षा जस्ता ८ मन्त्रालय चाहिँ सरकार होइनन् ? होइन भने के नैतिकताले सरकारविरुद्ध अविश्वास प्रस्ताब ल्याउनुभयो ?’ गौतमले संसदबाट माओवादीलाई प्रश्न गरे- ‘सरकारको काम गलत हो भने तपाईहरु कसरी सही हुनुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment