८ साउन, काठमाडौं । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला राप्रपाले समर्थन फिर्ता लिएको हो ।
राप्रपा संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेर जबराको अध्यक्षमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकमा सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । साथै संसदमा छलफलका क्रममा रहेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4