Comments Add Comment

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

Primeministe KP-Sharma-Oli-Resignation

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको छ । साथै अर्को सरकार बनन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने भनिएको छ ।

अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेक थिए । त्यसअघि उनले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा २९८ को उपधारा १० बमोजिम प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पूरा गरेको जिम्मेबारीका लागि धन्यबाद दिएकी छन् ।

साथै अर्को मन्त्रिपरिषद गठन नहुन्जेलसम्मका लागि यसै मन्त्रिपरिषदले कार्यसम्पादन गर्ने पनि राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment