+
+
Shares

बच्चीको पेटभित्र जन्मिँदै जुम्ल्याहा भ्रुण

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन ११ गते ११:१६

New-Born-Babyएक नवजात शिशु आफू जन्मेको केही बेरपछि नै उनको पेटमा एक जोडी जुम्ल्याहा बच्चा खेलिरहेका थिए । अचम्म हुनुभयो हैन ? तर हंगकंगमा यस्तो घटना भएको छ । त्यहाँ एक नवजात शिशुको पेटभित्र जुम्ल्याहा बच्चा पाइएका छन् ।

ऋस्पतालमा जन्मिएकी एक बच्चीको पेट असामान्य भएको पाइएपछि डाक्टरहरु अचम्ममा परे । ती बच्ची जन्मिँदै ४ किलोकी थिइन् । उनको पेट निकै ठूलो देखेपछि डाक्टरहरुल्े सुरुमा त त्यो ट्युमर भएको हुनसक्ने आशंका गरे । तर पछि जाँच गर्दा पो पत्ता लाग्यो ती ती नवजात शिशुको पेटभित्र त जुम्ल्याहा बच्चा थिए ।

ती दुई भ्रुण ८ देखि १० हप्तासम्मका थिए । अन्य सामान्य भ्रुण जस्तै तिनको विकाश भैरहेको थियो । दुबैमा मानिसको जस्तै मस्तिष्क, हड्डी तथा हातखुट्टा विकशित हुँदै थियो ।

यसरी एउटा नवजात शिशुभित्र अरु भ्रुण पाइनुलाई चिकित्सकीय भाषामा फेटस इन फेटू भनिन्छ । यो निकै जटिल अवस्था हो । जन्मिने हरेक ५० लाख बच्चामा एक जनामा यस्तो समस्या देखिन सक्दछ ।

महिलाले गर्भाधारण गरेकोे सुरुवाती अवस्थामै यस्तो स्थिति पैदा भएको हुन्छ । यसमा एउटा भ्रुण राम्रोसँग विकशित हुन्छ भने अन्य भ्रुणहरु विकशित भ्रुणभित्र प्रवेश गर्दछन् र परजिवीको रुपमा रहन्छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?