१२ साउन, ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा बाषिर्क २ अर्ब रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेपनि आलुका लागि अझै यो जिल्ला आत्मनिर्भर बन्न सकेको छैन ।
हिउँदे कम र बर्षे बढी उत्पादन हुने भएपनि जिल्ला भित्रैको माग धान्न नसक्दा बाहिरी जिल्लाबाट भित्राउनु पर्ने बाध्यता रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्र बहादुर प्रधानले बताए ।
ताप्लेजुङमामा ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । बर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ ।
जिल्लामा बढेको होटल व्यवसाय र आलुलाई विभिन्न परीकार बनाएर खान सकिने भएकाले आलु बढि खपत भएको प्रमुख प्रधानले बताए ।
४ हजार मिटर माथिको उचाईको ओलाङचुङगोलाको याङमादेखि ३१ सय मिटरको लेलेपको घुन्साको मुख्य बालि आलु रहेको छ ।
यो बाहेक हिमाली गाविस पापुङ, नाल्वु, याम्फुदिन, लेलेप लगायतका गाविसमा मुख्य रुपमा आलु खेती गरिदै आएको छ भने जिल्लाको एक नगरपालीका सहित ४८ गाविस सबै स्थानमा आलु उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया 4