Comments Add Comment

श्रीमतीले मोडलिङ गरेको रामकृष्ण ढकालको नयाँ भिडियो

nilam
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ भिडियो सार्वजनिक भएको छ । आवरण एल्बममा रहेको ‘तिमी आइनौ…’ बोलको गीतमा रामकृष्णकी श्रीमति निलम ढकाल र मञ्चिन शाक्यले अभिनय गरेका छन् ।

आनन्द अधिकारीको शब्द र शिखर सन्तोष संगीत रहेको यस गितको भिडियो निर्देशन निकेश खड्काको गरेका छन् । अन्य गीतमा मोडलिङ नगरे पनि रामकृष्णले गाएको केहि गीतमा भने श्रीमति निलमले मोडलिङ गर्दै आएकी छिन् ।

श्रीमति भएकै कारण निलमलाई मोडलिङ नगराएको रामकृष्णको भनाई छ । विवाह अघि नै निलम मोडलिङमा सक्रिय भएको धारणा राख्ने ढकालले भिडियो निर्देशक र निलमको सल्लाहले निलमले गीतमा मोडलिङ गराएको बताए ।

‘निलमलाई भिडियो खेलाउनमा मेरो कुनै हात छैन, कसलाई अभिनय गराउने भन्ने जिम्मा मेरो हैन निर्देशकको हो’ उनले भने । मेरो साथी एल्बमको ‘आँशु देउ या हाँसो’ बोलको गीतमा रामकृष्ण र निलमले अभिनय गरेका थिए । उनीहरुको जोडी जमेको थियो ।

अर्को गीत ‘मेरी मुना’ मा पनि रामकृष्णको स-परिवारको उपस्थिती रहेको छ । यस गीतमा उनकी छोरी रानी ढकालले पनि अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment