अहिले अदालतमा पर्ने लेनदेनका मुद्दा पनि करोडौँ रुपैयाँका हुन्छन् । अझ भारत जस्तो धनी देशमा त कुरै नगरौँ । तर भारतको दिल्लीस्थित हाइकोर्टमा भने पाँच पैसाको एउटा मुद्दाको छिनोफानो ४ दशकसम्म पनि हुन सकेको छैन । पाँच पैसाको विवादमा परेको उक्त मुद्दा ४१ व्र्षदेखि अदालतमा विचाराधीन छ र अझै फैसला हुन सकेको छैन ।
घटना अनुसार ४१ व्र्ष पहिले एक गाडीका कन्डक्टरले भुलबस एक महिला यात्रुलाई १५ पैसाको साटो १० पैसाको टिकट दिएछन् । जब टिकट चेक गर्ने मानिसले परीक्षण गर्दा ती कन्डक्टरले पाँच पैसा कम रकमको टिकट दिएर लापरवाही गरेको फेला पर्यो तब उनी ठाउँका ठाउँ बर्खास्त भए ।
५ पैसाको निहुँमा आफुलाई जागिरबाट हटाइएकोमा क्रुद्ध हुँदै ती कन्डक्टरले जागिरमा पुनर्वहाली गर्न माग गर्दै अदालतमा मुद्धा हाले । श्रम अदालत र हाइ कोर्ट दुबैले यसअघि ती श्रमिककै पक्षमा फैसला गरेका थिए तर दिल्ली परिवहन निगमले उच्च अदालतमा पुनर्विचारको लागि याचिका दायर गरेपछि मुद्दा टुंगिन सकेन र अहिलेसम्म पनि चलिरहेको छ ।
ऋब अहिले आएर मुद्दाको अन्तिम फैसला भएर ती कन्डक्टरले जागिरमा पुनर्वहालीको फैसला पाएपनि उनलाई त्यसले कुनै असर पार्नेछैन । किनकी ती श्रमिकले अनिवार्यर् अवकाशको उमेरहद पार गरिसकेका छन् । तर अदालतले आफ्नो पक्षमा फैसला गरिदिएर कम्तीमा पेन्सन पाउने आशा उनमा छ ।
तर निगमले भने ती श्रमिकलाई पेन्सन लगायतका कुनै सुविधा आफुले नदिने बताएको छ । ती श्रमिकले जागिर सुरु गर्दा पेन्सनको प्रवाधान नै नरहेको हुँदा उनलाई पेन्सन दिने कुरै नहुने निगमको भनाई छ । हेरौँ अदालतले के फैसला गर्ला र ती बुढा श्रमिकले न्याय पाउलान् नपालान् ?
प्रतिक्रिया 4