+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते १०:३८

School-Final३१ साउन, इलाम। इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ ।

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो ।

महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर विद्यालय नहिँडे पढाइ छुट्छ । दैनिक पाँच घन्टा हिँडेर झापाको शिवसतासी–९ स्थित बाल निकुञ्ज उमावि पुग्नुपर्ने उनको दैनिकीनै बनेको छ ।

महमाईकै सविता श्रेष्ठलाई पनि विद्यालय पुग्न गाह्रो पर्छ । बिहानै घरबाट नहिडे विद्यालय समयमा नपुगिने भन्ने डरले यहाँका अधिकांश विद्यार्थी बिहानै छिमेकी जिल्लातर्फ लाग्छन् ।

यहाँका सबैजसो विद्यार्थीलाई मावि तहको पढाइका लागि अर्को जिल्ला पुग्नुपर्ने बाध्यता छ । निमाविभन्दा माथि पढाइ हुने विद्यालय नभएपछि लोसेका विद्यार्थी चार÷पाँच घन्टा हिँडेर झापाको विद्यालय पुग्छन् ।

लोसेका विद्यार्थीले प्रावि तहको पढाइका लागि पनि झापाकै बाल ज्योति प्रावि पुग्नुपर्छ । प्रावि तहमा पढ्ने बालबालिकाले समेत दिनमा दुई घन्टा नहिडी पढ्न पाउँदैनन् ।

उसै त विद्यालय टाढा त्यसमा पनि बर्खा लागेपछि स्थानीय सरदारे खोलाले समस्यामा पार्ने गरेको महमाईकी सविता श्रेष्ठ बताउँछिन् । “एउटै खोला पाँचपल्ट तरेर मात्र विद्यालय पुगिन्छ” उनी भन्छिन् “कहिले काहीँ त बाढीले किताबकापीनै बगाइदिन्छ ।” दिनहुँको हिँडाइले हैरान बनेका महमाई लोसेका धेरै विद्यार्थी मुस्किलले मात्र मावि तहमा पुग्ने गरेका छन् ।

गाउँमा विद्यालय नभएकै कारण बिहान हतार–हतार दुई गाँस खाना खाएर हिँडेपछि बेलुका ६ बजे मात्र घर आइपुगिने बुद्धिमान लिम्बू बताउँछन् । गलेर विद्यालय पुगेका कारण शिक्षकले पढाएको पनि राम्ररी बुझ्न नसकिने विद्यार्थी बताउँछन् ।

विद्यालय टाढा भएकै कारण आफ्ना छोराछोरीले सोचे जस्तो पढ्न नसकिरहेको महमाई लोसेका अभिभावक बताउँछन् । धेरै लामो दुरीबाट हिँडेर आउने लोसेका विद्यार्थीको समस्यालाई केही सहज बनाउन विद्यालयले बर्खाको समयमा छात्राबासको सुविधा उपलब्ध गराउने गरेको भए पनि छात्राबासको बसाइ सबैका लागि विकल्प नहुने बाल निकुञ्ज उच्च माविले जनाएको छ ।

प्राचार्य भीम लिम्बू भन्छन्  “ठूला कक्षाका विद्यार्थीलाई बर्खाको बेला छात्रबासको व्यवस्था मिलाउने गरेका छौँ ।” इलाम र झापाका गरी यस विद्यालयमा ५०० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?