Comments Add Comment

दिनको एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री प्रचण्ड

रिचार्ज समाधानदेखि इन्धन आपूर्तिसम्म

Prachanda,-Chairman-of-Maoist-Center१० भदौ, काठमाडौं । १९ साउनमा प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्ऽका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे ।

सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो ।

त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेका आजको राजधानी दैनिकमा समाचार छ ।

उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।

प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।

प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment