+
+
Shares

दुर्घटना बढेकोमा चिन्तित छुः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ११ गते १०:१३

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal११ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय बढेको सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

रौतहटका सभासद् प्रभु साहसहितको टोलीसँग आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बढेको दुर्घटनाले आफूलाई चिन्तित बनाएको बताए । उनले दुर्घटना न्यूनिकरणको सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भने छलफल गरिरहेको बताए ।

भेटमा आफूहरुले भने घाइतेको उपचार र मृतक परिवजारलाई राहतको लागि आग्रह गरेको सांसद साहले बताए ।

रोतहटबाट पोखरा जाँदै गरेको यात्रुवस शुत्रबार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?