Comments Add Comment

अनमोलपछि दयाहाङ सफल

Anamol Dayahang
करिब साढे ५ महिनाको अन्तरमा हेर्ने हो भने औलामा सजिलै गन्न सकिने नेपाली चलचित्र मात्र सफल देखिएका छन् । जेठमा रिलिज भएको चलचित्र ‘गाजलु र कालो पोथी’ सफल देखियो । ‘कालो पोथी’ कथावस्तुका कारण करोड ग्रसको क्लबमा प्रवेश गर्‍यो भने ‘गाजलु’ अनमोल केसीको स्टारडमका कारण सफल भयो ।

असार र साउनमा त व्यापारिक रुपमा खडेरी नै लाग्यो । नायक विराज भट्टको कमब्याकले चलचित्र ‘जय परशुराम’को व्यापार धमकेदार हुने अपेक्षा गरिएको थियो । तर, विविध कारणले चलचित्रले औषत व्यापार गर्‍यो ।

भदौ २ गतेबाट रिलिज भएको चलचित्र ‘वीर विक्रम’ सफल देखिएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रको दोश्रो सातासम्म मल्टिप्लेक्समा देखिएको व्यापारले यसलाई सफल मान्न सकिन्छ । हुनत, यही मितिमा रिलिजमा आएको चलचित्र ‘चपली हाइट २’ पनि काठमाण्डौका केही मल्टिप्लेक्समा राम्रो देखिएको छ ।

‘वीर विक्रम’को सफलताले यो बर्ष नायक दयाहाङ राइको स्टारडमलाई माथि लगिदिएको छ । हुनत, यो बर्ष दयाका अन्य चलचित्र पनि रिलिजको क्रममा छन् । तर, अनमोलपछि दयाको स्टारडमले काम गरेको छ ।

यो बर्ष संभवत नायक आर्यन सिग्देलको चलचित्र रिलिज हुनेछैन । यसकारण, अब नायक निखिल उप्रेती र सौगात मल्लमाथि चुनौती थपिएको छ । निखिलको ४ वटासम्म चलचित्र रिलिज हुनसक्छ । सौगातको ‘लुट २’ फागुनमा रिलिज हुनेछ । यो चलचित्रमा दयाहाङ पनि मुख्य भूमिकामा छन् ।

असोजदेखि चैत्रसम्म ठूला र अपेक्षित चलचित्र रिलिज हुँदैछन् । यसैले, नेपाली चलचित्रमा देखिएको नैराश्यता तोडिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment