Comments Add Comment

बसपार्क नहुँदा कपिलवस्तुका सडकमै सवारी पार्किङ

parking_kapilbastu१४ भदौ, कपिलवस्तु । कपिलवस्तुमा बसपार्कको अभावमा सडकमै पार्किङ गर्नुपर्ने वाध्यता रहेको छ ।

बढ्दो शहरीकरण अनुसार सवारी साधनको चाप बढदै जान थालेपछि अहिले सदरमुकाम तौलिहवा मात्रै नभएर जिल्लाका प्रमुख शहर चन्द्रौटा, गोरुसिगे,कृष्णनगर,चार नम्बर बजारमा पार्किङ समस्या जटिल बन्दै गएको छ ।

नगरपालिका भएका स्थानहररुमा नगर क्षेत्रलाई केन्दि्रत गरी अनिवार्य रुपमा बसपार्क निर्माण गर्नुपर्ने व्यवस्था भए पनि कपिलवस्तुको शिवराज,भृकुटी, बुद्धवाटिका, बाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिकामा व्यवस्थित बसपार्क बन्न नसक्दा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने वाध्यता आएको छ ।, जसले गर्दा दुर्घटनामा बृद्धि भएको छ ।

सडकमा बस पार्किङ गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ । भने अर्को तर्फ दिनहु दुर्घटना हुने गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएका चारवाट नगरपालिका र तौलिहवा,कृष्णनगर महाराजगन्ज,बहादुरगन्ज बजारमा जग्गाको अभावमा बसपार्क निर्माण गर्न नसकिएको नगरपालिकाले बताउदै आएका छन् ।

अहिले दिनहु १० हजारभन्दा बढी सवारीसाधनको आवतजावत हुने गर्दछ ।  कपिलवस्तुका स्थानीयले पार्किङको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

सडकमा सवारी साधनले पर्किङ् स्थल बनाउदा यस क्षेत्रका व्यवसायीले मर्कामा परेको गुनासो गर्दै आएका छन् ।

व्यवसायीको पसल अगाडी नै सवारी साधन रोकिदिनाले व्यवसायमा कमी आएको गुनासो गर्छन् चन्द्रौटाका व्यवसायी युवराज बेल्वासे । पुस्तक पसल संचालन गर्दै आएका बेल्वासे आक्रोशित हुदै भन्छन् पटक पटक सवारी चालकलाई पसल छेक्नेगरी सवारी नराख्न आग्रह गर्दापनि अटेर गरि दिन्छन् ।

कपिलवस्तुमा बसपार्कको समस्या बिकराल अवस्था आएपछि यहाका संसद,  प्रशासन कार्यालय अहिले पार्किङ व्यवस्थापन गर्न स्थानीय बिकास मन्त्रालयको जगेडा कोषबाट रकम निकासा गर्ने कसरतमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment