+

मेस्सी चोटग्रस्त, विश्वकप छनौट गुमाउने खतरा

२०७३ भदौ  १४ गते १३:०७ २०७३ भदौ १४ गते १३:०७
मेस्सी चोटग्रस्त, विश्वकप छनौट गुमाउने खतरा

Leonal-Messi

काठमाडौं । सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलको पुनरागमन चोटका कारण लम्बिन सक्ने संभावना बढेको छ ।

बार्सिनोलाले भनेको छ कि उसका सुपस्टार मेस्सी बायाँ खुट्टाको हृयाम्स्ट्रिङको चोटबाट गुज्रेका छन् र संभवतः उनले विश्वकप छनौटको आसन्न खेलहरुमा अर्जेन्टिनाको टोलीबाट खेल्न सक्दैनन् ।

बार्सिलोनाले भनेको छ, ‘मेस्सी टिममा सहभागी हुन बार्सिलोनाको यात्रा पक्कै गर्नेछन्, तर विश्वकप छनौटका खेलहरुमा उनको उपस्थिति भने उनको चोटमा निर्भर हुनेछ ।’

बार्सिलोनाले जारी गरेको बिज्ञप्तिमा उनी चोटग्रस्त रहेको पुष्टि गरिएको छ जुन उसको मेडिकल स्टाफ र अर्जेन्टिनी फुटबल फेडेरेसनले संयुक्त रुपमा जारी गरेका थिए ।

गत आइतबार एथ्लेटिको विल्वाओबिरुद्धको खेलमा मेस्सी चोटग्रस्त भएको बार्सिलोनाले जनाएको छ ।

अर्जेन्टिनाले आगामी बिहीबार विश्वकप २०१८ का लागि दक्षिण अमेरिकी छनौटमा उरुग्वेसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को मंगलबार भेनेजुएलासँग उसकै मैदानमा खेल्नेछ ।

संभवतः अर्जेन्टिनी टोली प्रमुख खेलाडीबिना मैदानमा उत्रिन बाध्य हुनेछ । जसले केहि साताको सन्यासपछि भर्खरैमात्र अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका थिए ।

अर्जेन्टिना फुटबल बार्सिलोना लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय