+

बार्सिलोनाभन्दा राम्रो अरु टिम छैनः ग्वार्डिओला

२०७३ भदौ  १५ गते १०:४८ २०७३ भदौ १५ गते १०:४८
बार्सिलोनाभन्दा राम्रो अरु टिम छैनः ग्वार्डिओला

Guardiwala

सन् २०१६/१७ सिजनको लागि युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सुरुवाती खेलतालिजका सार्वजनिक भएपछि एउटा कुरा के पक्का भएको छ भने पेप ग्वार्डिओलाको बार्सिलोनासँग पुनर्मिलन हुन गइरहेको छ ।

यी स्पेनिस प्रशिक्षकले अहिले इंग्लिस टोली म्यान्चेस्टर सिटीको प्रशिक्षण गरिरहेका छन् र च्याम्पियन्स लिगको समूह चरणमै सिटी र बार्सिलोना आमने सामने हुँदैछन् । ग्वार्डिओलाई राम्रोसँग थाहा छ कि लुइस इनरिकेको बार्सिलोनासँग सिटीको भिडण्त कति कठिन हुन्छ भनेर ।

‘हामी उत्कृष्ट टोलीसँग खेल्न गइरहेका छौं ।’, ग्वार्डिओलाले क्याटालोनिया रेडियोसँगको अन्तर्वार्तामा भने, ‘बार्सिनोलाभन्दा राम्रो खेल्ने टोली अहिलेसम्म अरु छैन ।’

‘म जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचबिरुद्धको खेलका लागि पनि उत्तिकै केन्दि्रत छु । मलाई हाथा छ कि उनीहरुपनि राम्रो प्रदर्शन गर्छन् र यो मेरालागि राम्रो परिक्षण पनि हो ।’, ग्वार्डिओलाले भने, ‘यदि हामीले समूहको पहिलो दुई खेल गुमायौं भने हामी प्रतियोगिताबाट बाहिरिने निश्चित हुनेछ ।’

ग्वार्डिओलाले म्यान्चेस्टर सिटी संहालेपछि सबै प्रतियोगितामा गरी लगातार पाँच जित दिलाएका छन् । यो शतप्रतिशत जितको नतिजा हो । तर उसको अर्को खेल भने जोसे माउरिन्होको म्यान्चेस्टर युनाइटेडसँग हुँदैछ । म्यान्चेस्टर डर्बी आगामी भदौ २५ गते हुँदैछ ।

‘म यस्तै खेलको अपेक्षासहित इंग्ल्याण्ड आएको हुँ,’ ग्वार्डिओलाले भने, हामीसँग उत्कृष्ट मिडफिल्डर छन्, उनीहरु निक्कै तीव्र छन् र छिट्टै निर्णय लिने क्षमता राख्छन् ।’

‘इंग्ल्याण्डमा एकमात्र कुरामा मैले संघर्ष गरिरहेको छु भने त्यो लेफ्ट हृयाण्ड ड्राइभिङ हो ।’ ग्वार्डिओलाले ठट्टा गरे ।

फुटबल बार्सिलोना म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय