+
+
Shares

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १७ गते ९:०८

newzeland_earthqueak१७ भदौ, काठमाडौं । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।

शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् ।

भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले  जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।

भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।

न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली  हुने गरेको अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?