+
+

सुर्खेतका डिल्लीराज मलेसियामा वेपत्ता

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ भदौ १७ गते ९:४४

मलेसिया ।  वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका सुर्खेतका एक युवा चार दिनदेखि सम्पर्कबिहीन भएका छन् ।

dilli raj buda1 (1)सुर्खेत काफलकोट गाविस वडा नं ३ घर भएका २२ वर्षीय डिल्लीराज बुढा सम्पर्कबिहीन भएपछि उनका परिवार चिन्तामा परेको छ । बुढा बन्दरबारु निलाइमा रहेको एक इलेट्रोनिकको सामान उत्पादन हुने कम्पनीमा कार्यरत थिए ।

मंंगलवार साझँ आठ वजेसम्म काम गरेर होस्टलमा आएका वुढा होस्टल नजिकैको पसलमा गुटका किन्ने भन्दै गएका थिए ।

पसलवाट गुटका समेत किनेका उनी त्यसपछि वेपत्ता भएको उनका  भतिज मानवहादुर वुढाले बताए । ‘मैले पसलमा गएर अंकलका वारेमा सोधे पसलले गुटका किनेर गएको भने तर अंकल होस्टलमा आईपुग्नुभएन, चारैतिर खोजी गर्यौ तर भेटिएन’ नमानवहादुरले भने । होस्टल र पसलको दुरी दुई मिनेटमात्र टाढा रहेको छ ।

डिल्लीराज वेपत्ताभएको एक घण्टापछाडिसम्म फोनमा रिङ जाने भएपनि उनले उठाएका थिएनन् । अहिल फोन स्विच अफको सकेत आउछ कम्पनीमा कार्यरत साथीहरुले भने । डिल्लीराज रोजगारीको लागि अठार महिना अगाडि मलेसिया आएका थिए ।

कम्पनीले पनि डिल्लीकोे खोजी गरिरहेको छ । प्रहरीमा पुगेर रिपोर्ट गरिसकेको खोजी कार्यलाई अगाडि वढाईसकेको कम्पनीले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?