Comments Add Comment

काभ्रेबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिंगो

Indra_Jatra_Lingo

२० भदौ, काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ । परम्परागत रूपमा नेवार समुदायहरूले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ ।

यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो । हनुमान ढोका दरवार क्षेत्रमा ध्वजापताकाले सजाइएको लिंगो ठड्याउने प्रचलन छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिंगो बनाउने काठ काठमाडौं ल्याइन्छ । त्यसलाई एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

उक्त लिंगो तान्दै हनुमान ढोका पुर्‍याउने क्रममा सोमबार काठमाडौंका सडकमा सवारी साधनको जाम भएको थियो ।

Indra_Jatra_Lingo-at-Kathma

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाइएपछि जात्रा सुरु हुन्छ ।

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ ।

तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment