
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्द्रजात्राको दोस्रो दिन जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा वसन्तपुरबाट विभिन्न स्थान हुँदै सम्पन्न भएको छ।
- इन्द्रजात्रा आठ दिनसम्म मनाइने गरिन्छ र काठमाडौं उपत्यकामा मुख्य दिन सार्वजनिक विदा दिइएको छ।
- हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको छ र पुलुकिसी र लाखे नाच पनि सुरु भएको छ।
२२ भदौ, काठमाडौं। इन्द्रजात्राको दोस्रो दिन जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको छ ।
रथयात्रा वसन्तपुरबाट सुरू भएर प्याफल, यत्खा, नरदेवी, किलागल, भेदाशिङ, मखन टोल हुँदै फेरि वसन्तपुर पुर्याइएको छ ।
जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बसन्तपुर दरबार परिसरस्थित तल्लो टोलमा रथ तानिएको छ ।
बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको अवलोकन गर्न सर्वसाधारणको भिड थियो । इन्द्रजात्राको मुख्य दिन मंगलबार सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । इन्द्रलाई वर्षा र सहकालको देवताको रुपमा पुज्ने गरिन्छ ।
८ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारबाट सुरु भएको थियो । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको थियो ।
भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए ।
यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखे नाच पनि सुरु हुन्छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4